विश्वकै होचा व्यक्ति थापामगरको निधन

Author Logo..
२०७६ माघ ३ गते शुक्रवार

पोखरा , विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले बताए ।

निमोनियाका कारण उहाँलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। उनको शुक्रवार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।

खगेन्द्रको जन्म २०४९ साल असोज १८ गते बागलुङमा भएको थियो । २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो।

उनको उचाई ५७ सेन्टिमिटर थियो । उनले १८ वर्षको उमेरमा विश्वकै होटो व्यक्तिको नाममा गिनिज बुकमा नाम लेखाएका थिए । खगेन्द्रको जन्मदाको तौल जम्मा ६ सय ग्राम थियो भने निधन अघिको तौल ५ दशमलव ५ केजी थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार