तुलसीपुरमा माघ १० देखी २० सम्म महोत्सव लाग्दै

Author Logo..
२०७६ माघ ३ गते शुक्रवार

                                                                             ५ लाखले अवलोकन गर्ने,१५ करोडको कारोवार गर्ने लक्ष्य

शरद रेग्मी, तुलसीपुर ३ माघ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरुले तुलसीपुरमा हुन लागेको महोत्सवले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । तुलसीपुरमा हुन लागेको तुलसीपुर महोत्सव २०७६ का बारेमा जानकारी दिने उदेश्यले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावतले त्यस्तो बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघले समय समयमा आयोजना गरेको मेला महोत्सव बाट रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सव बाट निमार्णाधिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताए । माघ १० गते देखि सुरु हुने महोत्सवलाई सफल पार्न दाङ बासीको सहयोगको अपेक्षा गर्दै अध्यक्ष रावतले सवैको सहयोगमा सभ्य एवं भब्य रुपमा महोत्सवलाई सफल पार्ने बताए ।

संघका अध्यक्ष रावतले यस पटकको महोत्सवबाट धेरै भन्दा धेरै रकम बचत गरेर सभाहललाई पूर्णता दिने बताए । साथै उनले नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम भूमिका निर्वाह गर्ने भन्दै जिल्लाको पर्यटकिय विकासमा समेत कोषे ढुगा साबित हुने बताए ।
त्यसै गरी पत्रकार सम्मेलनमा बोल्दै संघका निवर्तमान अध्यक्ष बिमल रिजालले महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको बताए । संघले आयोजना गरेको तुलसीपुर महोत्सव २०७६ लाई सभ्य रुपमा सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गर्दै यसपटक महोत्सवलाई नयाँ तरिकाले सम्पन्न गर्ने बताए । रिजालका अनुसार महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता , साईकिलीङ , नृत्य प्रतियोगिता , हेलिकप्टर मार्फत पर्यटकिय स्थलहरुको अवलोकन लगाएतका कार्यक्रम समावेश गरिएको बताए ।

रिजालले महोत्सव स्थलमा व्यवस्थापन गरिएका विभिन्न प्रकृतिका ४ सय स्टलहरुको वर्गिकरण गरी भाडा शुल्क समेत निर्धारण गरेको र आजका मिति सम्ममा ७५ प्रतिशत स्टलहरु बुक भै सकेका छन । त्यसमा सवैभन्दा सहुलियत कृषि र स्वास्थ्य संबन्धि स्टलहरुलाइ दिइएको छ भने सवैभन्दा महंगो अटोमोवाइलका स्टलहरुलाई तोकिएको छ । प्रति स्टल शुल्क १० हजार रुपैया देखि २५ हजार रुपैया सम्म रहेको पनि रिजालले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले महोत्सव सफल पार्न जिल्लाका सवै पत्रकारहरुले सहयोगि भुमिका निर्वाह गर्ने बताए । त्यस्तै प्रियासनले तुलसीपुर उद्योग बाणिज्य संघले समय समयमा समग्र जिल्लाको विकास निर्माणमा महत्वपुर्णँ भुमिका निर्वाह गरेर उत्कृष्ट नेत्रृत्व क्षमताको परिचय दिएको समेत बताए । उनले  संघकै पहलमा लामो समय देखि वन्द रहेको एयरपोर्ट संचालन भएको , सभाहल निमाणर््ा कार्य शुरु गरेको भन्दै अबको मेला मार्पmत सभाहल निमार्णले पुर्णता पाउने बिश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा तुलसीपुर उद्योग बाणिज्य संघका सल्लाहकार शुरेस हमाल , पत्रकार दुर्गालाल केसी , शरद अधिकारि लगाएतकाले महोत्सव सफल पार्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिए । बाणिज्य संघका महासचिव रुप बहादुर खत्रीको स्वागत तथा बिषय प्रवेश बाट शुरु भएको कार्यक्रमको संचालन संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार