दाङ, दाङमा डोजरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । पश्चिम दाङको शान्तिनगर गाउँपालिमा पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले बुधकार राती साढे नौ बजे शान्तिनगर १ हारीचारमा ठक्कर दिंदा शान्तीनगर गाउपालिका १ हारीचारका ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
डोजरको ठक्करबाट थापाको टोउको र दाहिने हातमा गम्भिर चोट लागेको थियो । मृतक थापाको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको बताईएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस