जनयुद्धको क्रममा मारिएका १७ हजार मध्ये ५ हजारको मात्रै जिम्मा लिन्छु : प्रचण्ड

Author Logo..
२०७६ माघ १ गते बुधवार

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफुले जिम्मा लिने बताए । बुधवार माघीको अवसरमा काठमाडौंको टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भन्ने गरेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ति राजाहरुले मारेको बताए ।
धेरै साथीहरुले बाहिर पनि भन्ने गर्नुहुन्छ म तथ्याङ्क मात्रै सच्याउन चाहान्छु, उनले भने, तथ्याङ के भने मलाई भन्ने गरिन्छ । मैले १७ हजार मारेर आएको भनेर । साथीहरु आदरणिय जनसमुदायहरु यो सत्य होइन् । सत्य के हो मलाई भन्न दिनुहोस्, उनले भने, सत्य म भन्छु, हिजोको सामन्ति राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।

तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने हिजो राज्यले मारेका १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन् ।

उनले भने, मैले सधै भन्ने गरेको छु युद्धको जिम्मा म लिन्छु । त्यहाँ भएका राम्रा नराम्रा कामहरुको म जिम्मेवार छु । त्य त्यसबाट कहिँ कतै भाग्ने कुरा हुनै सक्दैन तर नगरेको कामको पनि दोष मैलाई थुपार्नु भएन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार