यस्तो रह्यो आज बाह्र कुने दह र रिहारमा भक्तजनको चहलपहल

Author Logo..
२०७६ माघ १ गते बुधवार

दाङ, बुधबार माघी पर्वको अवसरमा दाङका २ स्थानमा भब्य मेला लागेको थियो । दाङको घोराहीमा रहेको बाह्र कुने दह र लमही ९ रिहारमा भब्य मेला लागेको थियो । यि २ स्थानमा माघी पर्वको अवसरमा बर्षेनी मेला लाग्ने गर्दछ । । जहाँ हजारौँ स्थानिय तथा भारतिय भक्तालुजनहरु आउने गर्दछन् । त्यसैरी माघ महिनाको पहिलो दिन बुधवार माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यस्तै, थारू समुदायमा माघी महोत्सवको रौनक छाएको छ। थारू समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ। आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारू समुदायको परम्परा छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार