तुलसीपुर नगरप्रमुख पाण्डेद्धारा माघी र योगदिवसको शुभकामना

Author Logo..
२०७६ माघ १ गते बुधवार

 

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुखले थारु समुदायको सबैभन्दा महत्वपूर्ण चाड माघी र मकर संक्रान्तीको अवसरमा शुभकामना दिएका छन् । उनले थारु समुदाय साँस्कृतिक रुपमा निकै धनी भएको उल्लेख गर्दै त्यसको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार सधै सक्रिय भएर लाग्ने शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको घुम्न जाउँ तुलसीपु अभियानलाई सफल वनाउनका लागि थारु समुदायको कला,संस्कृति, रहनसहन र खानपानको महत्वपूर्ण भुमिका रहने पनि वताइएको छ । “माघी पर्वले सबै जातजाति, धर्म र सम्प्रदायका विचमा सहिष्णुता कायम गर्न सकोस् ” उनले उल्लेख गरेका छन् ।

यसैविच नगरप्रमुख पाण्डेले योग दिवसको अवसरमा समेत शुभकामना दिएका छन् । मानसिक र शारिरीक रुपमा स्वस्थ रहनका लागि योगको महत्वपूर्ण भुमिका हुने भन्दै उनले योग दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । तुलसीपुरलाई योगासिटीका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले टोलटोलमा योगा शिविर सञ्चालनका लागि सहजिकरण गरिरहेको समेत शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार