तुलसीपुर, माघेसंक्रान्तीको अवसरमा दाङको २ स्थानमा मेला लाग्ने गर्दछ । दाङको घोराही उपमहानगरपालिका १२ स्थित बाह्रकुने दह र लमही नगरपालिका ९ स्थित बगार बाबा धार्मिक स्थल रिहारमा मेला लाग्ने गर्द्छ । बाह्रकुने दहमा लाग्ने मेला दाङ लगाएत छिमिके जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गर्दछन् । धार्मिक दृष्टिकोणले मात्र नभई पर्यटकिय कोणले पनि चर्चित स्थान हो । बाह्रकुने दहमा बर माग्नको लागी भक्तजनहरु जाने गर्दछन् । त्यहाँ विशेषगरी नि : सन्तान दम्पतीहरु सन्तानको लागी बर माग्ने जाने गर्दछन् । यहाँ अन्य समयमा भन्दा माघेसंक्रान्तीमा निकै भिड्भाड हुने गर्दछ । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतीक ताल रहेको छ । त्यहाँ भेडा र भालेको बली दिईन्छ, भने परेवा उडाईने गरिन्छ ।
त्यसैगरी रिहार मेलामा पनि दाङ लगाएत भारतबाट भक्तजहरु आउने गर्दछन् । यो ठाउँमा पुस मसान्तको रातभर र माघ १ गते यदिनभर मेला लाग्ने गर्दछ । माघे संक्रान्तिको अवसरमा दाङको रिहार बगार बाबा धाममा रहेको तप्त कुण्डमा स्नान गर्न श्रद्धालु भक्तजनको भिड लागेको छ । छाला सम्बन्धी रोग निको हुने विश्वासका साथ महिला, पुरुष तथा बालबालिकाहरु तप्त कुण्डमा नुहाउने गर्दछन् ।
त्यसैगरी तराईका जिल्लाहरुमा माघी पर्वको रौनक सुरु भएको छ । थारु समुदायले विषेश पर्वका रुपमा मनाउने माघीले थारु बहुल्यता क्षेत्रमा छुट्टै रौनकता छाएको छ । थारु समुदायले मुख्य पर्वका रुपमा मनाउने माघीको सन्दर्भमा थारु बहुल्यता भएका जिल्लाहरुमा मेला, महोत्सव गरी मनाउदै आएका छन् ।