तुलसीपुर, चलचित्र पत्रकार संघ दाङको चौथो अधिबेसनबाट जिल्ला अध्यक्षमा शिव पुन सर्बसम्मतले चयन भएका छन् । संघको उपाध्यक्षमा सन्तोष केसी,सचिवमा पुर्ण केसी,सह–सचिवमा निरला अर्याल,कोषाध्यक्षमा तिर्थराज चौधरी सर्बसम्मतले चयन भएका छन् । अधिबेसनबाट भुपेस वली,मीना खड्का,राजेश खत्री र आशिष केसी सदस्यमा चयन भएको अधिबेसनका लागि चलचित्र पत्रकार संघको केन्द्रिय समितिबाट खटिनुभएका प्रतिनिधि दिनेश सिटौलाले बताए ।
चलचित्र बिकास वोर्डका पूर्ब अध्यक्ष डाक्टर अमर गिरीले चलचित्र विकासका लागि समयानुकल ऐन नियम हुन नसकेको बताए । सोमबार तुलसीपुरमा चलचित्र पत्रकार संघ दाङको चौथो अधिबेसनमलाई सम्बोधन गर्दै उनले २०२६ सालमा बनेको ऐन र २०५७ सालमा बनेको निमावलीले चलचित्र विकासमा काम भई रहेको बताए ।
उनले भने,राज्यले बिधेयक बनाई रहेको छ, पक्कै पनि बिगतको तुलनामा उक्त बिधेयक चलचित्र उद्योगको विकासमा टेवा पुग्ने छ । तर राज्यले नीति र नियम बनाएर मात्र नहुने भन्दै पूर्ब अध्यक्ष डा. गिरीले चलचित्र क्षेत्रलाई कर्म बनाएकाहरुले सृजनशीलतामा ध्यान दिनुपर्ने बताए ।
अहिलेको अबस्थामा बार्षिक सँवा सय चलचित्र निर्माण हुन्छन् तर ६÷७ वटा चलचित्र मात्र बढी लोकप्रिया हुने गरेको उनले बताए । त्यसैगरी कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय संगठन बिभाग उपाध्यक्ष दिनेश सिटौलाले चलचित्र उद्योग मैत्री कानुनको अभावका कारण चलचित्रकर्मीहरु मर्कामा परेको बताए । उनले भने, ३ महिना भयो, नेपाली चलचित्रहरु बन्द भएका छन् । अब कार्यनीति अनुमोदन भयो, भने चलचित्र उद्योगले गतिलिने छ । सोही अवसरमा नेपाल पत्रकार महासंघका दाङमा अध्यक्ष सविन प्रियासनले चलचित्र उद्योगको बिकासका लागि स्थानीय सरकारसँग समन्वय गर्न सके प्रभाबकारी हुन सक्ने बताए ।
त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले खालिखालि हुने गरेका सिनेमा हलमा दर्शकको संख्या बढाउन रणनीतिक योजना बनाउनु पर्ने बताए । त्यस अवसरमा देवलोचन पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार संघ दाङका सचिब सन्तोष केसीलाई ११ हजार १ सय ११ रुपैयाले पुरस्कृत गरीएको थियो । चलचित्र पत्रकार संघ दाङमा २०६४ सालमा स्थापना गरीएको थियो ।