शिक्षकहरुलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालि सम्बन्धी तालिम

Author Logo..
२०७६ पुष २६ गते शनिवार

सल्यान, सल्यानको कपुरकोटमा विद्यालयका सम्पूर्ण तथ्यांकहरु आई ई एम आई एस प्रणालि मार्फत अपलोड, अपडेट तथा प्रकाशन गरिने भएको छ । जसका लागि कपुरकोट गाउँपालिकाले सम्पूर्ण सामुदायीक तथा निजी विद्यालयलाई तालिमको आयोजना गरेको छ । शैक्षिक सूचना व्यवस्थापन प्रणालि अन्तर्गत विद्यालयका हरेक तथ्यांकहरुलाई प्रविधिको प्रयोग मार्फत अद्यावधिक गर्न तथा अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन सम्बन्धी तालिम शिक्षकहरुका लागि आयोजना गरिएको हो । शैक्षिक सूचना प्रणालिका प्रशिक्षक दामोदर शर्माले शिक्षकहरुलाई तालिम प्रदान गरिरहेका छन् ।

दुई दिने तालिमको कालिका मावि कपुरकोटमा गाउँपालिका राष्ट्रिय महासंक कर्णालीका अध्यक्ष भिम बहादुर सेनले शुक्रबार उद्घाटन गरे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले शिक्षामा प्रविधिको प्रयोग अर्थपूर्ण रुपमा रहेको बताए । तर प्रविधिले अवसर र चुनौती दुवै ल्याएको बताउदै प्रविधिको सहि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

शिक्षकले तालिममा सिकेका ज्ञान सीप प्रविधि र तरिकालाई सफलतापूर्वक विद्यार्थीको सिकाइमा हस्तान्तरण गर्नुपर्ने बताउदै उनले कुनै पनि तालिमको आवश्यकता परेमा गाउँपालिका समक्ष माग गर्न आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले विकसित भएका नयाँ नयाँ प्रणाली तथा सूचना र सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिने धारणा राखे । शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले प्रविधिले सिकाइमा आनन्द दिने र बढी सिक्न सहयोग गर्ने भएकाले यसको प्रयोग अपरिहार्य रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार