लक्ष्मण बस्नेत , तुलसीपुर । दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ मा आयोजक रोट्रयाक्ट क्लब अफ तुलसीपुर बि र डक्टर्स एशोसियन अफ तुलसीपुरले बिजयी सुरुवात गरेका छ्न् । रोट्रयाक्ट क्लब अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिताको उद्घाटन खेलमा एन प्याब्सन दाङलाई ५ का विरुद्ध १३ गोल को फराकिलो अन्तरले पाखा लगाउदै रोट्रयाक्ट क्लब बिले बिजयी सुरुवात गरेको हो । खेलमा रोट्रयाक्ट बि का जर्सी नं. ११ का हेम राज बस्नेतले सर्वाधिक ५ गोल गरेका थिए ।
त्यस्तै रोट्रयाक्ट ए लाई शून्य का बिरुद्ध ४ गोल अन्तर ले पराजित गर्दै डक्टर्स एशोसियन ले बिजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरज राईमाझीले जानकारी दिए । प्रतियोगिता अन्तरगत शनिवार बिहान ६ बजे हुने पहिलो खेल मा पत्रकार र उद्योग बाणिज्य संघ भिड्नेछन् ।
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २० हजार पुरस्कार, कप,हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १० हजार तथा कप हात पार्ने छ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत ।बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट र बेस्ट स्कोरर लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष नवीन कुमार राईले जानकारी दिए । खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश के.सी रहेका छ्न् ।
।पुस २६ गते सनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ । यसैबिच प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ तुलसीपुर सिटि का अध्यक्ष देब बहादुर के.सीले गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष नवीन राई को अध्यक्षता तथा रोटरी क्लबका अध्यक्ष के.सीको प्रमुख आतिथ्य तथा दाङ जिल्ला फुटबल संघ का अध्यक्ष सुशील श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिकाका युवा तथा खेलकुद संयोजक अमर नेपाली (माईकल) एवं तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष वीर बहादुर रावतको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले मानव स्वास्थको अभिन्न अंग खेलकुदको बिकास बिना समृद्धि असम्भव रहेको बताएका थिए ।
बिकसित मुलुकले खेलकुदका माध्यम बाटै समृद्धि हासिल गरेका थुप्रै उदाहरण प्रस्तुत गरेका उनीहरुले देशको समृद्धिको मुख्य सुचक खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका थिए । प्रतियोगिताका संयोजक सुरज राईमाझीको स्वागत रहेको कार्यक्रमको संचालन क्लबका महासचिव कमल डांगीले गरेका थिए ।