दाङ, चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट १ करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५ सय १० सवारी चालकको कारवाहीबाट १ करोड १३ लाख पाँच हजार राजश्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको साउनमा २ हजार ४ सय सवारी चालकको कारवाहीबाट १५ लाख ७ हजार ५ सय रुपैया राजश्व सङ्कलन भएको छ । त्यस्तै भदौमा ४ हजार ३ सय चालक लाई कारवाही गर्दा २६ लाख ९३ हजार ५ सय, असोजमा ४ हजार ६ सय ५० सवारी चालकको कारवाहीबाट २८ लाख ४२ हजार ५ सय, कात्तिकमा चार हजार ४ सय चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा ४ हजार ५ सय ५० सवारी चालकको कारवाहीबाट २८ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
यो अवधिमा २ हजार ७ सय ३५ बस चालक, ३ हजार ६ सय ७७ ट्रक चालक, २ हजार ६ सय १५ जीप चालक, सात हजार ६ सय ६० मोटरसाइकल चालक, १ हजार ९ सय २७ ट्याक्टर चालक, १ हजार ६ सय ८६ टेम्पो चालक गरी जम्मा २० हजार ३ सय सवारी साधनका चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले बताए । त्यसैगरी मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरटेक गर्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको उनले बताए । त्यसैगरी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरीले सडकमा ड्रम राख्न शुरु गरेको छ ।