वडाध्यक्ष थापाले जन्मदिनको अवसरमा एक महिनाको सेवा सुविधा आश्रमलाई दिए

Author Logo..
२०७६ पुष २३ गते बुधवार

सिसहनियाँ २३ पुस । राप्ती गाउँपालिकाका एक वडाध्यक्षले आफ्नो ५१ औँ जन्म दिनको अवसरमा आफूले पाउने एक महिनाको सेवा सुविधा आश्रमलाई दिएका छन् ।
गाउँपालिकको वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले बुधवार एक महिनाको सेवा सुविधाबाट आएको २० हजार रुपैयाँ राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निल सागर मानव सेवा आश्रमका आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गरेका छन् । उक्त आश्रममा ३१ जना मानसिक रोगी, असाहाय,अशक्त तथा जेष्ठ नागरिकहरु बस्दै आएका छन् । राप्ती गाउँपालिका २ बराखुट्टी निवासी थापाले जनप्रतिनीधि भएपछि गरिव दुखी र असाहाय अशक्तलाई सहयोग गर्ने सोच बनाएको तर त्यो अवसर नपाइरहेका बेला आफ्नै गाउँपालिकामा आश्रम खुलेपछि सहयोग गरेको बताए । स्थानीय निर्वाचनमा उनी तत्काली नेकपा माओवादीबाट वडा अध्यक्षमा विजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार