हरेक जातजातीको मौलिक संस्कृति संरक्षण गर्नु पर्छ : सांसद केसी

Author Logo..
२०७६ पुष २३ गते बुधवार

तुलसीपुर, थारु कला संस्कृति हमार पहिचान सांस्कतिक विकासक लाग हमार अभियान भन्ने नाराका साथ बुधवार तुलसीपुरमा माघ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गदै संघिय सांसद हिराचन्द्र केसीले गरेका थिए । उद्घाटन गर्दै सांसद केसीले हरेक जातजातीको आ–आफनै मौलिक संस्कृति भएकाले यसलाई संरक्षण गर्नु पर्ने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई सबै जातजाती, भेषभुषा, धर्म संस्कृतिको साझा पहिचानको रुपमा विकास गर्ने योजना रहेको बताए । त्यसैगरी उनले थारु समुदायको मौलिक संस्कृति र भाषा संरक्षणका लागी संघिय ,प्रदेश र स्थानिय सरकारले जोड दिदै आएको बताए ।

सो अवसरमा रिर्पोटस् क्लवका अध्यक्ष शरद रेग्मी , पत्रकार सरिता चौधरीलाई सम्मान गर्न गरिएको हो । त्यस्तैगरी थारु महटवा खिमलाल चौधरी, धिरेन चौधरी, गोवर्धन चौधरी, हरिराम चौधरी, कुसुमलाल चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी तुलसीपुरमा थारुहरुको बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ ।

तुलसीपुर ५ स्थित नमुना भुह्याँर थान परिसरमा निर्माण गरिने सभाहलको सांसद केसीले शिलान्यास गरेका थिए । सभाहल निर्माणका लागी सांसद विकास कोषबाट २० लाख बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार