चिसो बढेपछि घोराही उपमहानगरले २ दिन विद्यालय बन्द गर्ने

Author Logo..
२०७६ पुष २३ गते बुधवार

घोराही, दाङमा चिसो बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन बिद्यालय बन्द गर्ने जनाएको छ । दाङमा अत्यधिक चिसो बढेकाले पठनपाठनमा समस्या भएकाले बिहिवार र शुक्रवार दुई दिन बिदा दिने निर्णय भएको घोराही उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकाले बुधवार एक सुचना जारी गदै यस पटकको दुई दिने बिदा बर्षे बिदाबाट कट्टी हुने गरी दिने निर्णय भएको जनाएको छ । त्यसैगरी दाङमा बुधवार अधिकतम तापक्रम १४ दशमलब ८ डिग्रिसेल्सियस र न्युनतम तापक्रम ८ दशमलब २ डिग्रिसेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार