तुलसीपुर, दाङको तुलसीपुरमा एक युवा फरक ढंगबाट म:म होटल संचालन गरेका छन् । तुलसीपुर– सुर्खेत सडक खण्ड अन्र्तगत पातुखोलाको पुल चोकमा करिब १० लाखको लागतमा तुलसीपुर ९ बेलुका दिपक काफ्लेले राजा म.म संचालन गरेका छन् । करिब १४ महिना बैदेशिक रोजगारको क्रममा विदेशमा बसेर आएका काफ्लेले अब नेपाल मै केही गर्नु पर्छ भन्ने आशयका साथ म.मको होटल संचालन गरेको उनले बताए । उक्त होटलको सोमबार तुलसीपुर उपहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै मेयर पाण्डेले युवाहरु विदेशी भुमीमा रगत पसिना बनाउँनु भन्दा स्वदेशमै केहि न केही गरी स्वरोजगार हुनु पर्ने बताए । त्यसैगरी उनले मेहनत र लगनशिलका साथ काम गरे त्यसमा सफद भईने समेत बताए । उक्त होटलमा दाङका विभिन्न स्थानका पर्यटकिय स्थलको बारेमा जानकारी दिन समेत टेबुल तथा भित्ताहरुमा फोटोहरु राखिएको छ । त्यसैगरी संचालक काफ्लेले होटलमा बनेका परिकारहरुलाई होमडेलिभर मार्फत घर सम्म पु¥याउने ब्यवस्था गरेको बताए । हामीले अनलाईन मार्फत वा फोन मार्फत अडर दिएमा होम डेलिभरीको ब्यवस्था गरेका छौ, उनले भने । त्यसैगरी उनले होटलभित्र डोनेस बक्स राखेको र त्यहाँ जम्मा भएका रकम सामाजिक क्षेत्रमा लगाउँने अर्का संचालक प्रशान्त चापागाईले बताए ।