नेपालको अतिक्रमीत भूभाग फिर्ताका लागि शान्ति समाज दाङको ध्यानार्कण पत्र

Author Logo..
२०७६ पुष २२ गते मङ्गलवार

तुलसीपुर, भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आहत भएको छ ।
यस सन्दर्भमा भारतले प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउन, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर्न आह्वानसहित मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल मार्फत लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपाली भूभाग हो, कालापानीबाट तत्काल भारतीय सेना फिर्ता जानुपर्छ, भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउनुपर्छ भन्दै शान्ति समाजले ध्यानाकर्षण बुझाएको हो ।
नेपाली भूभाग अतिक्रमणको विरोध र अतिक्रमित भूभागबाट भारतीय सेना फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक, राजनीतिक र सरकारी स्तरबाट पनि व्यापक पहल हुनुपर्छ भन्ने धारणा मानव अधिकार तथा शान्ति समाजले व्यक्त गर्दै आएको स्मरण गराउदै यस्तोे संवेदनशील विषयमा भारतसँग तत्काल प्रधानमन्त्री स्तरमै छलफलका लागि पहल गर्न शान्ति समाजले आग्रह गरेको छ ।
शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको टोलीले यस सम्बन्धमा भारतका प्रधानमन्त्रीसँग छलफल अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शान्ति समाजले आग्रह गरेको छ । साथै यस संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई आग्रह सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
शाखा सभापति शरद रेग्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले श्वेतपत्र जारि गर्न सरकारसँग गरीएको ध्यानाकर्षण पत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।
त्यसअवसरमा जिल्ला सभापति शरद रेग्मी,उपसभापति तुल्सीराम सुनार र अपांगता क्षेत्रको केन्द्रीय बिभागीय प्रमुख नबीन पोखरेलको सहभागीता रहेको थियो । भारतले हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार