राप्ती लाईफले शान्तिनगरमा स्वास्थ्य शिविर गर्ने

Author Logo..
२०७६ पुष २२ गते मङ्गलवार

शान्तिनगर, दाङको शान्तिनगर गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हुने भएको छ । दाङको तुलसीपुर स्थ्ति राप्ती लाईफ केयर हस्पिटलको प्राबिधिक सहयोगमा उक्त स्वास्थ्य शिविर हुन लागेको हो । शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित बाघमारे स्वास्थ्य चौकीमा यही पुस २६ गते शिविर हुन लागेको हो ।

शिविरमा बिभिन्न बिशेषज्ञहरु सहभागि रहने हस्पिटलका प्रबक्ता जीवन भण्डारीले बताए । उनका अनुसार स्त्री रोग बिशेषज्ञ डा. विनोदकुमार सिंह, जनरल फिजिसियन डा. ज्ञानेन्द्र पाण्डे, बालरोग बिशेषज्ञ डा. बुद्धि गुरुङ, मेडिकल अधिकृत डा. सरुण पोखरेलसहितको टोली सहभागिता रहनेछ ।

ग्रामिण क्षेत्रका नागरिकलाई गाउँमै बिशेषज्ञ सेवा प्रदान गर्न शिविर अयोजना गरेको प्रबक्ता भण्डारीको भनाई छ । यस अघि पनि हस्पिटलले बिभिन्न ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार