शान्तिनगरका एक युवाको मलेशियामा मृत्यु

Author Logo..
२०७६ पुष २२ गते मङ्गलवार

दाङ, दाङका एक युवकको मलेशियामा मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका ६ सुनडवरी निवासी २३ बर्षीय गोविन्द बहादुर रोकाको सोमवार मलेसियामा मृत्यु भएको छ । गत मंसिर ५ गते एकाएक बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको रोकाको उपचारको क्रममा मृत्यु भएको परिवारका सदस्यलाई उदृत गर्दै गाउँपालिकाका प्रबक्ता रवि बुढाथोकीले बताए । रोका ४ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार