प्रेम तिवारी, तुलसीपुर ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को स्वास्थ्य भवन निमार्णको लागि तुलसीपुर ३ रानागाँउ निवासी महानन्द घिमिरे र भुपबहादुर वलीले जग्गा दान गरेका छन् । १ कठ्ठा दश धुर श्रेस्ता र एक कठ्ठा दश धुर ऐलानी गरी रानाँगाँउ स्वास्थ्य केन्द्रका नाममा दुई व्यक्तिले ३ कट्टा जग्गा दान गरेका छन् ।
चालु आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकाले एक वडा एक स्वास्थ्य चौकी निति अगाडि सारे सगै सवै नगर स्वास्थ्य केन्द्रमा प्रसुती सेवा र गभर्वती सेवा सहितको स्वास्थ्य भवन निर्माण हुने भएपछी वडा नंं ३ को स्वास्थ्य चौकीको लागि आवश्यक सरकारी जग्गा स्वास्थ्थ चौकीको नाममा नभएकोले दान गरे ।
तुलसीपुर उपमहानगर वडा नं. ३ रानागाँउ नगर स्वास्थ्य केन्द्रकालाई कम्तीमा दुई कठ क्षेत्रफको जग्गा श्रेताकायम भएको र स्वास्थ्य चौकीकै नाममा श्रेस्ता कायम गर्नु पर्ने भएकोले जग्गा खोज्न समय लागेको वडा नं. ३ का वडा अध्यक्ष विजय विकले बताए । रानागाँउ नगर स्वास्थ्य केन्द्रका प्रमुख खुम प्रसाद न्यौपानेका अनुसार टाईप १ डिजाईनको स्वास्थ्य भवन निर्माणका लागि ६३ लाख ४६ हजार ५ सय ३० रुपौया स्वास्थ्य मन्त्रालयमाबाट २०७६/०७७मा सम्पनगर्ने गरी उक्त बजेट स्वीकृती भएको बताए । कार्यालय प्रमुख न्यौपानेका अनुसार पाँच कोठे पक्की भवनमा प्रसुती,ओ.पि.डी र गर्भचेकजाँच कक्ष हुने बताए ।
तुलसीपुर उपमहागरपालिका भित्र दश वटा नगर स्वास्थ्य केन्द्र , एउटा सामुदायिक ईकाई केन्द्र र शहरी स्वास्थ्य केन्द्र रहेका छन ।
जनगणना २०६८ अनुसार सात हजार भन्दा कम जनसंख्या भएको वडामा टाईप २ डिजाइन र सात हजार भन्दा बढि जनसंख्या भएको वडामा टाईप १ डिजाईनको भवन निर्माण हुने भएको छ । टाईप १ अन्र्तगत प्रसुती,ओ.पि.डी र गर्भचेकजाँच कक्ष सेवा सहितको भवन निर्माण हुनेछ भने टाईप २ मा प्रसुती सेवा बाहेकको भवन निर्माण हुने छ । मन्त्रालयको परिपत्र अनुसार टाईप १ को लागी सोह्र आना र टाईप २ का लागि नौ आना बराबरको जग्गा आबश्यक पर्ने कार्यालय प्रमुख न्यौपानेले बताए । स्वास्थ्य भवनका लागि जग्गा दान गरे सँगै भवनको काम केहि दिन पछि काम अगाडी बढ्ने न्यौपानेले बताए । तुलसीपुर उपमहानगरपालिकामा यस अघि केहि वडामा स्वास्थ्य भवन निर्माण भईसकेका छन भने कतिपय स्थानमा जग्गा खोजिको प्रकृयामा रहेका छन ।