प्रदेश ५ सरकारले माघे संक्रान्तिमा दुई दिन विदा दिने

Author Logo..
२०७६ पुष २१ गते सोमवार

बुटवल, प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुईदिन बिदा दिने निर्णय गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइनुका साथै २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए। गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा दुईदिन बिदा दिएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार