फुजिमा आयलले रक्त सञ्चार केन्द्र तुलसीपुरलाई रेफ्रिजेटर दियो

Author Logo..
२०७६ पुष २१ गते सोमवार

तुलसीपुर, फुजिमा आयल कम्पनी प्राली बिराटनगरले ब्लड बैक रेफ्रिजेटर प्रदान गरेको छ । दाङको तुलसीपुरमा रहेको कालिका देवी स्मृति भवनमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र तुलसीपुरका लागि फुजीमा आयल कम्पनीका बजार प्रतिनिधि नविन बस्नेतले नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्यलाई उक्त साढे २ लाख बराबरको ब्लड बैक रेफ्रिजेटर हस्तान्तरण गरे । २०७२ भदौ १९ गतेदेखि तुलसीपुरमा संचालनमा आएको उक्त ब्लड बैंकमा सानो फ्रिज हुदाँ रगत २५ युनिट मात्र रगत राख्ने मिल्थ्यो । अहिले प्रालीले दिएको फ्रिजमा करिब ३ सय युनिट सम्म रगत राख्ने मिल्ने भएपछि आफुहरुलाई सहज हुने रक्त संचार दाङका प्रमुख दिलीप न्यौपानेले बताए । अहिले तुलसीपुरमा मासिक ८० युनिट र घोराहीमा साढे २ सय युनिट रगत खपत हुने गरेको उनले बताए ।

त्यसैगरी दाङको घोराहीमा १६ बर्ष अघि रक्त सञ्चार संचालनमा आएको हो । तर अहिले सम्म दाङमा रगत बर्गीकरण गर्ने सेमिन (कम्पोनेट) नहुदाँ समस्या भएको उनले बताए । डाक्टरले प्लाज्मा (सेतो रगत),प्याक्सेल (रातो रगत), प्लेटलेट (रातो र सेतो) मिसीएको रगत मागे दिन सक्ने अवस्था नभएको उनले बताए । त्यस्तो किसीमको रगत मागेका बुटवल नेपालगंजवाट मगाएर ब्यवस्था गर्ने गरेको उनmे बताए । रक्तदाताले रक्तदान गरेको रगत सिधै विरामीहरुलाई दिने गरेको समेत बताए । त्यसको लागी दाङका त्यस्तो किसीमको मेसिनको आवश्यकता भएको उनले बताए । त्यसैगरी ब्लड बैंकलार्य तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले यस आर्थिक बर्षमा १ लाख बजेट उपलब्ध गराएको र आगामी दिनमा सुत्केरी र सिकलसेल एनिमियाका बिरामीलाई नि शुल्क रगत उपलब्ध गराउने गरी बजेट बिनियोजनको तयारी गर्न लागेको वडाध्यक्ष विरेन्द्र शाहले बताए ।


त्यसैगरी प्रालीका बजार प्रतिनिधि नविन बस्नेत रक्त संचारलाई फ्रिज दिन पाउँदा आफु धेरै खुशी भएको र आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्ने उनले बताए ।त्यस्तै उक्त ब्लड बैंकलाई प्रदेश ५ ले ५० लाख, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ ले १ लाख, वडा नम्वर २ ले ५० हजार ,वडा नम्वर ११ ले ५० हजार, वडा नम्वर ७ ले ५० हजार र दंङगीशरण गाँउपालिकाले ५० हजार बजेट बिनियोजन गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार