शरद रेग्मी, तुलसीपुर । यस अघि हुंदै आएका व्यापारीक महोत्सवको परम्परालाइ तोड्दै तुलसीपुरमा फरक शैलिको महोत्सव हुंदै छ । जुन भ्रमण बर्ष घुम्न जाउं तुलसीपुरसंग जोडिएको छ । यसमा दाङ जिल्ला उद्योग वाणिज्य संघ लगायत जिल्लाका सवै उद्योग वाणिज्य संघको सहकार्यमा यो महोत्सव सञ्चालन हुन लागेको महोत्सव आयोजक तुलसीपुर उद्योग वाणिज्यसंघले जनाएको छ । भ्रमण बर्ष सुरु भए सङ्गै स्थानीय सरकारहरुले जिल्लाको पर्यटन, धार्मिक र सांस्कृतिक महत्त्व लाई समेत प्रचार प्रसार गर्न कस्सिएका छन । जिल्लाका सम्पदा र पर्यटकिय क्षेत्रमा सरसफाइ र रङ्ग रोगन गरेर चिटिक्क पार्ने काम समेत सम्पन्न भैसकेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले अघि सारेको घुम्न जाऔ तुलसिपुर अभियानलाई सफल पार्न दाङको तुलसिपुरमा ब्यापार तथा अौधोगिक महोत्सबको आयोजना हुन लागेको हो । तुलसीपुर उधोग बाणिज्य संघको आयोजनामा माघ ९ गतेदेखि १९ गते सम्म तुलसीपुर महोत्सब २०७६को आयोजना हुन लागेको बाणिज्य सङघले जजाएको छ । आइतबार बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले संघको निर्माणाधीन बहुआयामिक सभाहललाई सम्मपन्न गर्न तुलसीपुर महोत्सबको आयोजना गर्ने निर्णय गरेको हो । पश्चिम दाङको सबैभन्दा ठुलो निर्माणाधिन बहुआयामिक सभाहलमा स्थानीय ,प्रदेश र संघीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभए पछि यस क्षेत्रका उद्योगी ब्यबसाययीहरु आफै निर्माणमा जुटेका हुन ।
उनीहरुले स्वस्फुर्त रुपमा सभाहल निर्माणका लागि सहयोग गरेका छन । निजिक्षेत्रबाट यति ठुलो प्रोजेक्ट सुरु भएको भन्दै नेपाल उद्योग बाणिज्य संघका पदाधिकारीले समेत तुलसिपुरको सभाहल निर्माणमा सहयोगको घोषणा गरेका छन । महोत्सबमा स्थानीय ब्यबसायिहरुलाई प्रति स्टलमा २५ प्रतिसत सम्म छुटको ब्यबस्था गरिएको संघका महासचिव रुपबहादुर खत्रीले बताए। त्यसै गरि महोत्सबमा जेष्ठ नागरिक ,फरक क्षमता र अपङगता भएकाहरुलाई निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ । तुलसीपुरको गुल्मरोड नजिकै ओम शान्ति सिनेमाहलको पुर्ब तर्फको मैदानमा आयोजना हुन लागेको महोत्सबमा स्थानीय उत्पादनको प्रददनी बहुराष्ट्रिय कम्पनि,अटो मोबाईल्स,तयारी पोसाक,साना तथा ठुला उद्योग,कम्पनी र अन्य ब्यबसायीक स्टलहरु राखिने भएको छ । सो अबसरमा राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको समेत दैनिक प्रस्तुति रहने छ ।
जग्गा दाता युवा ब्यबसायी यज्ञबहादुर केसिले प्रदान गरेको जग्गामा निर्माणधिन रहेको सो सभाहल निर्माण गर्न यस अघि ब्यापारीक र धार्मिक महोत्सबको आयोजना गरिएको भए पनि समयको माग अनुसार सभाहल परिमार्जन गर्दै निर्माण कार्य अगाडि बढाउनुपरेको भवन निर्माण समितिका सयोजक बिमल रिजालले बताए। उनले भने,यस क्षेत्रमा प्रदेश वा राष्ट्रिय स्तरका कार्यक्रमहरु सञ्चालन गर्न पनि सभाहल आबश्यक थियो । निर्माण गर्दै जादा बजेट फेरि अपुग भयो यो महाअभियानमा राज्यकोषबाट कुनै सहयोग प्राप्त नभए पछि फेरिपनि ब्यबसायिक महोत्सबको आयोजना गरेका हौ । सभाहल निर्माण कार्य सम्पन्न गर्न एक करोड बढि रकम आबश्यक पर्ने समेत संयोजक रिजालले बताए ।