बिप्लवका युवा नेता दाङबाट पक्राउ

Author Logo..
२०७६ पुष २० गते आइतवार

दाङ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन युवा संघ नेपालका जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ रानीजरुवा निबासी अर्जुन शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटेको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका–४ भलानेटीमा क्यारमबोर्ड खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाहीमाथि पश्चिम दाङमा एनसिएल टावरमा आगजनी र २०७४ मंसिर १२ गते तुलसीपुरमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान जानेगरी भएको भएको बम विस्फोटको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार