सिकलसेल ऐनिमियाका विरामीको गुनासो राज्यले हामीलाई हेला ग-र्याे

Author Logo..
२०७६ पुष २० गते आइतवार

विकास डाँगी ,तुलसीपुर । दाङमा सिकलसेल ऐनिमियाका १३७ जना बिरामीले नियमित औषधी खाने गरेका छन् । तर विरामीको संख्या भने यकिन छैन् । रोग परिक्षणका लागि यसअघि जिल्ला बाहिर जानु पर्ने बाध्यताका कारणले पनि बिरामीको संख्या यकिन हुन नसकेको हो । तर बिगत केही महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु भएको छ । थारु समुदायका मानिसमा बढी लाग्ने यो रोग बंशाणुगत रोग हो ।
प्रदेश सरकारको १० लाख र उपमहानगरपालिकाको ८ लाखको लगानीमा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा रोग परिक्षणका लागि मेसिन खरीद गरिएको छ । त्यसयता करिब ६० जनाको चेकजाँच भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट .डा. प्रताप पोख्रेलले बताए । एकजना बिरामीको चेक जाँच शुल्क करिव १२ सय रुपैया उनले बताए । अस्पतालमा अहिले सम्म करिब ६० जना जतिले चेकजाचँ गराएको उनले बताए । विरामीहरु सिधै चेकजाचँ गर्न नआउने भएता पनि डाक्टरहरुलाई शंका लागेका चेकचाजँ गाउने गरेको उनको भनाई थियो ।
सिकलसेल ऐनिमियाका चेकजाचँको लागी अस्पतालमा शुल्क लाग्छ भने स्थानिय तहले संमन्वय गरेमा त्यो निशुल्क गर्न सकिने उनले बताए ।
स्थानिय तहसंग सहकार्य गरेर त्यस्ता विरामीहरुलाई सेव दिने भनिएतापनि अस्पताल र स्थानिय सरकारका विच तालमेल हुन अझै नसकेको छैन् । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले अस्पतालसंग सम्झौता भएपछि मात्र विरामीको चेकजाँच र उपचारका लागि सिफारीस गरी पठाउने उनले बताए । गतबर्ष गाउँपालिकामा ३८ जना सिकलसेलका विरामीहरु भेटिएको उनले बताए । त्यसैगरी यस बर्ष गाउँपालिकाले सिकलसेलको चेकजाचँका लागी बजेट छुट्टाएको समेत बताए । गाउँपालिकाका वडा नम्बर ५,६,७ मा विरामीहरु भेटिएको उनले बताए ,
यता तुलसीपुर उपहानगरपालिकाले पनि अस्पातललाई मेसिन खरिदको लागी गत बर्ष बजेट दिएको र सम्भव भए सम्म यस बर्ष र नभए अर्को बर्ष त्यस्ता विरामीहरुको उपचारको लागी निशुल्क उपचारको ब्यवस्था गर्ने तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख ओम न्यौपानेले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले एक लाख बराबरको निशुल्क औषधी उपलब्ध गराउदै आएको थियो । तर करिब एक बर्षदेखी अस्पतालमा औषधीको अभाव हुदा नेपालगंज वा भारतबाट समेत बिरामीले औषधी लिएर खादै आएका छन् ।
आर्थिक अभावका कारण औषधी खान नपाएको तुलसीपुर ५ की चतुरमती चौधरी बताईन् । औषधी खान नपाउँदा आफुलाई स्वास्थ्यमा समस्या आएको उनको भनाई थियो । सरकारले १ लाख बराबरको औषधी दिने ब्यवस्था गरेको भएता पनि त्यो औषधी नपाएका र १ लाखले आफुहरुलाई नपुग्ने उनले बताईन् ।
त्यसै
विसं २०६८ को जनगणना अनुसार दाङमा १ लाख ६३ हजार ३३४ थारु समुदायको बसोबास रहेको थारु स्वास्थ्य कर्मीका अध्यक्ष जिवराज चौधरीले बताए । तर राज्यले चासो नदिदाँ विरामीहरु औषधी खान नपाएर मर्ने अवस्था आएको उनले बताए । त्यसैगरी राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको चेकजाचँ गर्ने ब्यवस्था भएको भएता पनि स्थानियतहहरुले चासो नदिदाँ विरामीहरुले सेवा लिन नपाएको उनले गुनासो गरे । त्यसैगरी उनले यो रोगलाई निर्मुल पार्नको लागी संक्रिमीत भएका ब्यक्तिहरुको पचिहान गरी उनीहरु विच विवाह हुनबाट रोक्न सके यो रोग ३ पुस्ता पछि हराएर जाने उनले बताए ।यसका लागी स्थानिय सरकारहरुले जनचेतना जस्ता कार्यक्रम गर्नु पर्ने उनले बताए ।
थारुहरुको कूल संख्या मध्ये दाङमा १५ प्रतिशत थारु समुदायमा सिकलसेल एनिमिया भएको हुनसक्ने आशंका गरीएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार