यहि पुस १९ गतेदेखी २५ गते सम्मको राशिफल
मेष : यो साता मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । लत्ता कपडामा बढी खर्च हुनेछ, तर बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा भने हुनेछ । यो साताका लागि शुभअङ्क ३,५,र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
बृष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,६ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन : यो साता मध्यम छ, न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो यात्राको योग रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला साथै नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग आकासे नीलो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । घरमा अतिथीको आगमन हुनेछ । रमाइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह : यो साता जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै सहकर्मीबाट विरोध आउला । साताको अन्त्यबाट मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या : शुभारम्भको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
तुला : चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साताको अन्त्यमा नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गाढा पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
बृश्चिक : भाग्यले विभिन्न अवसर जुराउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग सेतो हो । कुन शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
धनु : सामान हराउने वा चोरी हुने सम्भावना छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साझेदारी काममा उल्झन आउनेछ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर : धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म(कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिन : भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथीको आगमन हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मध्य सातामा प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।