प्रकाश के.सी, तुलसीपुर । पछिल्लो समय बढ्दो दुर्घटना न्युनिकरण गर्नको लागी दाङको तुलसीपुरमा रहेको महालक्ष्मी विकास बैंक शाखाले दाङ २ स्थानमा ट्राफिक सचेत बोड राखेको छ । दाङ सल्यान सडक खण्ड अन्र्तगत तुलसीपुरको लाहुरे चौर, र त्यसैगरी गतबर्ष विद्यार्थी बोकेको बस दुर्घटना भएको स्थान नजिक ट्राफिक सेचतना बोड राखिएको शाखाका बैक मेनेजर खगेन्द्र
बुढाले बताए ।
ति स्थानमा सबै भन्दा बढि दुर्घटनाको जोखिम भएकाले ट्राफिक सचेतना बोड राखेर दुर्घटना न्युनिकरण गर्नको लागी राखेको उनले बताए । आफुहरु कमाउने मात्र नभई सामाजिक उत्तर दायित्व बहन गर्नको लागी विगत देखी नै काम गर्दै आएको बताऐ । त्यसैगरी ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरिक्षक नन्द कुमार पोख्रेलले दुर्घटना न्युनिकरण गर्न सबै लाग्नु पर्ने बताए । कतिपय दुर्घटनाहरु चालकको लापरबाहीले हुने र कतिपय सडक, भौगोलिक विकटताका कारण पनि हुने भएकाले बढि दुर्घटना हुने स्थानको पहिचान गरी विभिन्न ठाउँहरुमा सचेतना बोडहरु राख्न सकेमा दुर्घटना हुनबाट रोकिन सकिने उनले बताए ।