बालबालिकालाई राम्रो शिक्षा दिनसके देश समृद्ध हुन्छ : कोईराला

Author Logo..
२०७६ पुष १९ गते शनिवार

 

तुलसीपुर, माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले बालबालिका देशका संबाहक भएकोले उनीहरु लाई राम्रो संस्कार अनुशासन र शिक्षा दिक्षा दिनसके देश सम्बृद्ध बन्ने उनले बताईन् । दाङको तुलसीपुरमा रहेको आईडिएल इङ्लिस बोर्डिङ स्कुलको २५ औँ बार्षिकोत्वसको अवसरमा आयोजित रजतजयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कोईरालाले
जीवनमा सफलता हासिल गर्न अनुशासनको महत्वपुर्ण भुमिका हुने बताईन् । उनले अनुशासन नै मानव जीवनको महत्वपुर्ण कडि भएको बताउनुभयो । उहाँले बालबालिकाको पढाईमा शिक्षक विद्यार्थी मात्र नभई अभिभाबकको पनि उत्तिकै भुमिका रहने हुदाँ बुवा आमाले छोराछोरीको लागी समय छुट्याउनु पर्नेमा जोड दिईन् ।
विद्याललयले महिलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याईरहेको माईती नेपाललाई १ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ । त्यस्तै बहिराको क्षेत्रमा काम गर्ने राप्ती बहिरा संघ दाङलाई आवस गृहमा पिउने पानी र बिद्युत जडानका लागि ५० हजार,अपाङगताको क्षेत्रमा काम गर्ने अपाङ समाज सुधार केन्द्र दाङलाई भवन निर्माणका लागि ५० हजार र रुपा गन्दर्भलाई खाद्यान्न र लत्ता कपडाको लागि २० हजार र अन्यका लागि ३० हजार गरि ५० हजारको बिद्यालयले प्रदान गरेको विद्यालयका प्रधानाध्यापक रेघु खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार