तुलसीपुर, तुलसीपुरमा निर्माणाधिन अपाङमैत्री भवन सम्पन्न गर्न आर्थिक सहयोर्गाथ जुटाउन ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरीएको छ ।
अपाङग समाज सुधार केन्द्र तुलसीपुरले शनिबार आयोजन गरेको अपुर्ण भवन पुर्ण बनाउन तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि दिगो ब्यबस्थापन सम्बन्धि छलफलबाट खुमानन्द अधिकारीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरीएको हो ।
समितिको सह–संयोजकमा ईश्वरीप्रसाद खड्का,सदस्यमा टीकाराम कँडेल,देवा शर्मा र सदस्य सचिवमा दोलखबहादुर खत्रीलाई जिम्मेवारी दिएको छ ।
उक्त समितिले भवन निर्माणको कार्य पनि गर्ने संस्थाका अध्यक्ष हुमकान्त कडेलले बताए । २०७२ सालमा सञ्चालन गरीएको महापुराणबाट संकलन भएको रकम र त्यसपछि जुटेको आर्थिक सहयोग गरी कुल २३ लाख ८६ हजार ५० रुपैयामा जग्गा र ४ कोठ्ठे भवन निर्माण भएको छ ।
अव बाँकी तिर्न ५ लाख र अपाङमैत्री सिडी,शौचालय र स्नान गृह निर्माण गर्न आर्थिक सहयोग संकलन गर्नुपर्ने भएको हो । छलफल कार्यक्रममा नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्का,नेकपाका प्रतिनिधि मीनराज भण्डारी,वडा नम्वर ७ का वडा अध्यक्ष टोपबहादुर केसी,वडा नम्वर ६ का सदस्य यमुना परियार, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब एवं पत्रकार सुशील बस्नेत, इश्वरी भण्डारी,अधिकारकर्मी नवीन पोख्रेल, खुमानन्द अधिकारी,टिकाराम कँडेल, देवा शर्मा, पदमा चौधरी, नारायण अधिकारी लगायतले आर्थिक संकलनका लागि स्थानीय तहमा अनुरोध गर्ने र पारर्दशी हिसावले खर्च ब्यबस्थापन गर्नुपर्ने सुझाब दिएका थिए ।