घोराही, थारु कल्याण कारीणीलगायत विभिन्न थारु संघ÷संस्थाहरुको आयोजनामा आउदो पौष २५ देखि २८ सम्म घोराहीमा हुने माघ महोत्सवमा थुप्रै राष्ट्रिय कलाकारहरुको माघ विशेष प्रस्तुती रहने भएको छ ।
थारु समुदायको सबै भन्दा ठुलो माघ पर्वलाई राष्ट्रिय स्तरमै परिचित गराउनका लागि तथा सद्भावको पर्वको रुपमा मनाउन राष्ट्रिय स्तरका कलाकारहरुलाई ल्याउने बताएको छ ।
‘गलबन्दी’ गीतबाट अत्यधिक चर्चा कमाएका लोकदोहोरी गायक प्रकाश सपुत माघ महोत्सवका लागि पहिलो पटक दाङ आउँदैछन् । उनको यस महोत्सवमा विशेष प्रस्तुती रहने छ । त्यस्तै चर्चित गायक प्रमोद खरेल, टंकबुढाथोकी, समिर आचार्य, चक्रबम, रोशन रत्गैयाँ, सुमित्रा तामाङ, एलिना चौहान, टिका जैसी, सविना खनाल, आउस्मा थापा, दिव्यानी बोहोरा, कमल गाउँले लगायतको माघ विशेष प्रस्तुती रहने महोत्सव मुलआयोजक समितिका सास्कृतिक सदस्य श्रीनारायण चौधरीले बताए । साथै सम्पुर्ण राष्ट्रिय स्तरका कलाकारहरुलाई मघौटा नाचमा नचाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कलाकारहरु मार्फत थारु समुदायको महत्वपुर्ण पर्व माघलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउन जरुरी छ । अझैसम्म पनि माघ पर्वलाई सरकारले राष्ट्रियकरण गर्न नसकेकोमा दुख व्यक्त गर्दै थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष भुवन चौधरीले माघ महोत्सव थारु समुदायको मात्र नभएर सबैको साझा भएकोले यसलाई सफलपार्न सबैको सहयोग आवश्यक रहेको बताए ।
उनले विगतका दिनमा गाउँमा सानो कार्यक्रम गरेर माघ मनाउने गरे पनि अब सबै समुदायले यो पर्वलाई सदभावको पर्वको रुपमा मनाउन जरुरी रहेको बताए । त्यस्तै माघ महोत्सवमा थुप्रै कलाकारहरुको पनि विशेष प्रस्तुती रहने भएको छ ।