अन्तर विद्यालय हाजिरी जबाफमा गुरुजजुर प्रथम

Author Logo..
२०७६ पुष १८ गते शुक्रवार

तुलसीपुर, रोटरी क्लब अफ तुलसीपुर सिटीले अन्तर विद्यालय हाजिरी जफाब प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई रोटरी सम्बन्धि जानकारी दिन र कितावी ज्ञान भन्दा पनि सामान्य ज्ञानहरुबाट पनि केही कुरा सिक्न सकुन भन्ने उदेश्यले कार्यक्रम गरेको क्बलले जनाएको छ । क्लबका अध्यक्ष देब बहादुर केसीको अध्यक्षता एवं तुल्सी आवासीय माध्यामिक विद्यालयका प्राचार्य भिष्म बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतियोगितामा बोल्दै प्रमुख अतिथी केसीले पछिल्लो समय विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई अन्य ज्ञानहरु प्नि दिनु पर्ने बताए । त्यसैगरी उनले क्लबले तुलसीपुर क्षेत्रका विद्यार्थीहरु विच गरेको प्रतियोगिताले विद्यार्थीहरुलाई धेरै कुरामा सिकाई भएको बताए । त्यसैगरी आगामी दिनहरुमा पनि क्लबले सामाजिक सेवामा काम गर्नु पर्ने बताए ।

तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी ११ वटा विद्यालयहरुको सहभागिता भएको हाजिरी जवाफ प्रतियोगितामा गुरुजजुर नमुना विद्यालय रक्षाचौर प्रमथ, तुल्सी आवासीय माध्यामिक विद्यालय द्धितिय र अमर ईङलिश बोडिङ स्कुल तृतिय भएको क्लबका महासचिब सन्दिपन रिजालले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनलाई ३ हजार र तृतिय हुनलाई २ हजार नगद पुरस्कार,प्रमाणपत्र समेत दिईएको रिजालले बताए । कार्यक्रममा संयोजकमा अनुप कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार