हाम्रो पहुँच र मा.वि कालाखोलाका  विद्यार्थीले उद्यानको सरसफाई गरे

Author Logo..
२०७६ पुष १७ गते बिहिवार

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको राप्ती शान्ती उद्यानमा तुलसीपुरका दुई विद्यालयका विद्यार्थीहरुले सरसरफाई गरेका छन् । तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुल र माध्यमिक विद्यालय कालाखोलाका विद्यार्थीले उद्यानको बिहिबार सरसफाई गरेका हुन् । हाम्रो पहुँच सेकेण्डरी स्कुल र मावि कालाखोलामा कक्षा ९ र १० मा अध्ययनरत्त विद्यार्थीहरुले आफ्नो पाठ्यक्रम अनुरुपको सामुदायीक तथा निजी साझेदारी परियोजना अन्र्तगत तुलसिपुर–७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान परिसर भित्र सरसफाइ गरेका हुन् ।

कार्यक्रममा हाम्रो पहुँच बिद्यालयका कल्यानकारिणी अधिकृत तिलक कालाथोकीले मानिसको जीवनमा सरसफाइको निकै महत्व रहेकाले आफ्नो वरिपरि रहेको वातावरण सधै सफा र स्वच्छ राख्नुपर्ने बताए । ‘सार्वजनिक स्थानमा सरसफाईको चुनौति बन्दै गएको छ, हामीले आफुले गरेको फोहर आफै सफा गर्नुपर्छ, उनले भने–‘सरसफाई प्रतिष्ठानसंग पनि जोडिएकाले यसले पर्यटन प्रवद्र्धनमा पनि थप टेवा पुग्ने देखिन्छ ।’

मावि कालाखोलाका शिक्षक कमल मणि न्यौपानेले हाम्रो वरपर रहेको फोहोरमैलालाइ सफा गर्नको लागी सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने भएकाले सरकारी विद्यालय र प्राथमिक विद्यालय मिलेर सरसफाइमा अगाडी बढेको बताए । ‘फोहर गर्ने प्रवृतिको अन्त्य गरिनुपर्छ, उनले भने–‘सरसफाई जस्तो अभियानमा हामी सबै जुट्नपर्छ ।’

राप्ती शान्ति उद्यानका खेतुप्रसाद भण्डारीले सरसफाइमा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गरेक थिए । विद्यार्थीहरुले पार्कभित्र रहेका सबै फोहोरहरुलाइ जलाएर उचित ठाउँमा व्यवस्थापन गरेका हुन् । हाम्रो पहुँच विद्यालयका कक्षा १० का छात्र कौशल पौडेलको अध्यक्षतामा सरसफाई कार्यक्रम भएको हो । सरसफाइ कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरु दुबैको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार