१३ लाख फिरौत रकम माग्ने थप एक जना आज पक्राउ

Author Logo..
२०७६ पुष १७ गते बिहिवार

दाङ,  १३ लाख रुपैयाँ फिरौती रकम माग्ने घटनामा संलग्न बिहीबार थप एक जना पक्राउ परेका छन् । पिस्तोल सहित प्रहरीले दाङको घोराहीबाट बुधबार बेलुकी पक्राउ परेका रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाइले दिएका बयानका आधारमा रोल्पा रून्टिगढी गाउँपालिका ४ मसिना बस्ने ३२ बर्षिय नरेश चन्द ठकुरीलाई बिहीबार पक्राउ गरीएको हो ।

ठकुरीले फिरौती रकम लिन पठाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछी तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दमाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकल सहित दाङमा पक्राउ गरेको थियो ।

दमाईले एक हप्ताअघि घोराही उपमहानगरपालिकाको वीपी चोकका एक व्यक्तिसँग १३ लाख रुपैयाँ फिरौती मागेको र ३ लाख रुपैयाँ दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । ती व्यक्तिले दमाईले आफूसँग फिरौती रकम मागेको जानकारी प्रहरीलाई गराएका थिए । फिरौती रकम बापतको ३ लाख नक्कली रुपैयाँ लिन आएको अवस्थामा दमाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
दमाईले को व्यक्तिसँग फिरौती रकम मागेका हुन् भन्ने बारे प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार