दाङ, दाङमा धम्की दिई पैसा माग्ने एक जना ब्यक्तिलाई हतियार सहित प्रहरीले पक्राउ गरको छ । घोराही उपमहानगरपालिका १५ वि।पी चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई एक हप्ता अगाडी धम्काई पैसा माग्ने रोल्पा जिल्लाको परिर्वतन गाउँपालिका ५ राङकोटका ३५ बर्षीय राजकुमार दमाईलाई जिल्ला प्रहरी कार्यालय दाङले प्रक्राउ गरेको हो ।
दमाईले ति ४८ बर्षीय ब्यक्तीसंग १३ लाख रुपैयाँ एक हप्ता अघि धम्की दिएर मागेको भनि पिडतले प्रहरीलाई जानकारी गराएपछि पिडितले ३ लाख नक्कली नोट फिरौती बापत दिदै गर्दा बुधवार बेलुका साढे ७ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले दमाईलाई एक थान कटुवा पेस्तोल र एउटा गोली र उनले प्रयोग गरेको एउटा मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दमाईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।