एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घुम्न जाउँ तुलसीपुर शुभारम्भ

Author Logo..
२०७६ पुष १६ गते बुधवार

तुलसीपुर , नेपाल भ्रमण वर्ष २०२० बुधवार दाङ सहित देशभर एकैसाथ शुभारम्भ गरिएको छ । दाङको तुलसीपुर र घोराहीमा बुधवार एक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । घोराहीमा जिल्ला समंन्वय समितीले बाह्र कुने दहमा र तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ७ राप्ती शान्ति उद्यानबाट सुभारम्भ गरिएको हो । तुलसीपुर उपहानगरपालिकाले यो वर्ष एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घुम्न जाउँ तुलसीपुर कार्यक्रमको भव्य शुभारम्भ गरिएको हो ।

भ्रमण वर्षको ५ प्रदेश सभामुख पुर्ण बहादुर घर्तिले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गदै सभामुख घर्र्तीले नेपालको आर्थिक समृद्धिको लागी पर्यटन महत्वपुर्ण कडि भएको बताए । २००७ साल देखी नेपालमा पर्यटक व्यवसायीको स्थापना भएको उनले हाल सम्म आईपुग्दा धेरै पर्यटन विकास भएपनि नेपालीको समृिद्धको त्यो प्रर्याप्त नभएको उनले बताए । नेपाली जनताको चाहाना अनुसार समृद्धि हासील गर्न नसकीएको भन्दै उनले त्यो समृद्धि पुरा गर्नका लागी सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ देशैभर भ्रमण वर्षको सुरुवात गरेको बताए ।

त्यसैगरी उनले प्राकृतिक सौन्र्दयतालाई सहि सदुपयोग गरी पर्यटकलाई अझ बढि भित्र्याउने सकेमा सरकारले अघि सारेको सुखी नेपाली , समृद्धि नेपाल बन्न सक्ने उनले बताए । भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले वडा नम्वर ८ को वटोलपुर, वडा नम्वर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्वर ३ को राम्रीधामा,वडा नम्वर १९ को छिल्लीकोट लगायतका स्थानमा होमस्टे सञ्चालन गरेको छ ।

राप्ती शान्ति उद्यान, चमेरे गुफा लगायतका ठाउँमा पनि तयारी गरीएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । त्यसैगरी सभामुख घर्ती दाङको समृद्धिका लागि पर्यटन क्षेत्र एक रहेको बताए । जिल्लाको समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपुर्ण रहेको भन्दै उनले यसका लागि धार्मिक र साँस्कृतिक परम्पराको संरक्षण र ब्यबस्थित योजना निर्माण गर्न आबश्यक रहेको बताए । जिल्ला समन्वय समिति तथा जिल्ला पर्यटन प्रबद्र्धन समितिले घोराही १३ बाह्रकुने क्षेत्रमा गरेको भ्रमण बर्षको उद्घाटन कार्यक्रममा सभामुख घर्तीले यसका लागि जिल्लामा क्रियासिल सबै निकायको भूमिका ठूलो हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार