अहिले सम्म साढे २ करोड लगानी, करिब ५ करोड लगानी हुने
विकास डांगी, तुलसीपुर । दाङमा रहेको राप्ती शान्ति उद्यान भित्र दाङमा पूर्व राष्ट्रिय फुटवल खेलाडी तुलसीपुरका मंजित पुनले चिल्डेन सेभेन पार्क संचालन गर्नु भएको छ । तुलसीपुर ७ राप्ती शान्ति उद्यानमा करिब १ बर्ष पहिले करिब २ बिगाह जमिन भाडाँमा लिएर संचालन गरेका छन् । ३ पटक सम्म राष्ट्रिय खेल खेलिसकेका पुन अहिले दाङ जिल्लामा अखिल नेपाल फुटवल संघको तर्फबाट प्रशिक्षकको भुमिकामा छन् । करिब ३ महिनादेखी पार्क संचालनमा आएको पार्कमा अहिले सम्म साढे २ करोड लगानी लागेको संचालक पुनले बताए ।
मासिक २१ हजार बुझाउने गरी उद्यान समितीसंग १५ बर्षको सम्झौता गरि करिब ५ करोडको गुरुयोजना बनाएर काम शुरु गरेको उनले बताए । अहिले पार्क भित्र बालबालिकाहरूका लागि बाल उद्यान र सो बेबी रेल, पिङ, चिप्लेटी र स्विमिङ पुल, चमेना गृह लगाएतका संरचनाहरु निमार्ण भैसक्दा हाल सम्म करिब साढे २ करोड लगानी लागेको पुनले बताए । अझै धेरै संरचनाहरु थप्न लागेको समेत उनले बताए । खेलबाट जिवन चलाउन नसकिने भएकाले घर परिवारको सल्लाह अनुसार नै यो ब्यवयास शुरु गरेको उनले बताए ।
यता तुलसीपुर उपमहानगरपालिकाले शान्ति उद्यानलाई यहि दाङ कै पर्यटकिय स्थलका रुपमा विकास गर्ने जनाएको छ । पछिल्लो समयमा पार्कमा विभिन्न संरचनाहरु निर्माण हुदाँ स्थानिय पर्यटकहरु आकर्षण भएको भन्दै उपमहानगरपालिकाले उपप्रमुख माया आचार्यले उपमहानगरले भम्रण बर्षको अवसरमा घुम्न जाउं तुलसीपुर भन्ने अभियान शुरु गरेको समेत बताईन् । अहिले पार्क भित्र ब्यक्तिले बनाएको चिल्डेन पार्कले अझ पर्यटक बढ्दै गएको भन्दै उनीले अब हरेक क्षेत्रको विकासको लागी सरकार दायित्व मात्र नभई निजी क्षेत्र वा ब्यक्तिको पनि दायित्व हुनु पर्ने बताईन् ।
त्यसैगरी राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीले अहिले पुनलाई करिब २ विगाह जग्गा भाडाँमा दिएको उनले बताए । सबै तिर समितीले काम गर्ने नसक्ने र मेनपावर पनि धेरै लाग्ने भएकाले जग्गा भाडाँमा दिएको उनले बताए । ब्यक्तिले लिएर काम गरेपनि उद्यानलाई नै फाईदा भएको उनले बताए । अहिले चिल्डेन पार्क संचालनमा आएपछि आन्तिरिक पर्यटकहरुको भिडभाड हुने गरेको उनले बताए ।