• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा शनिवार नायक दिलीप रायमाझी सहित दर्जन बढि कलाकारहरु आउदै

Author Logo..
२०७६ माघ १७ गते शुक्रवार


शरद रेग्मी, तुलसीपुर, १७ माघ । दाङको तुलसीपुरमा जारी महोत्सवमा शनिवार चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा चक्लेटी हिरो दिलीप रायमाझी, चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा ,गायिका रितु कंडेल, गायक टोपेन्द्र विष्ट, मोडेल आरुषी मगर लगायतका कलाकारहरु आउने सांकृतिक उपसमितिले जनाएको छ । त्यस्तै महोत्सवको ९ औ दिन शुक्रवार पनी उस्तै भिडभाड रहेको छ ।

दैनिक उत्साहजनक उपस्थिति रहेको महोत्सवमा विहिबार दिन जस्तै भिडभाड रहेको हो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । महोत्सवमा सवैको ध्यान मञ्चमा रहेको छ । सांस्कृतिक कार्यक्रममा दर्शकहरुको भिड लाग्ने गरेको छ । निमार्णा्धिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ । दैनिकजसो हुने दर्शकहरुको भिडभाडले आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी एवम सदस्यहरुलाई भने जिम्मेवारी थप गरिदिएको छ ।

संघका पदाधिकारी एवम सदस्यहरु , सुरक्षाकर्मी , स्वयम सेवकहरु सवै भिडभाडलाई व्यवस्थापन गर्न मै व्यस्त रहेका छन । महोत्सवमा आउने हजारौ दर्शकहरुका कारण महोत्समा रहेका स्टलहरु समेत भरी भराउ भएका छन् । त्यस्तै शुक्रवार युवाहरु माझ अत्यन्तै लोकप्रिय गाएक तथा मोडल दुर्गेश थापाले दर्शकहरुलाई नचाएका छन । उनका चर्चित गितहरुमा युवा तथा साना बाल बालिकाहरु स्टेजमै पुगेर नाचेका थिए । अन्य दिनको तुलनामा सास्कृतिक कार्यक्रममा शुक्रबार तुलसीपुर महोत्सव झुमेको थियो ।

दुर्गेश थापाले आफना चर्चित गितहरु विच विचमा , डन आयो डन , कि दुर्गेश जेलमा लगाएतका गित गाउँदा पुरै महोत्सव दुर्गेश मय भएको थियो । त्यस्तै शुक्रबार दगांली छोरोहरु गोविन्द मधुर आचार्य , प्रेम प्रकाश वली , अस्मीता पुरी , रन र्दलामी , धु्रव कमेडी , खडग शर्मा लगाएतका कलाकारहरुले आफना प्रस्तुती हरु राखेका थिए । शुक्रबारको कार्यक्रम वसन्त विवस आचार्यले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार