• २०७७ मङ्सिर ९ गते मङ्गलवार

स्कुल बसको ठक्कर लमहीमा १८ महिने शिशुको मृत्यु

Author Logo..
२०७६ माघ १७ गते शुक्रवार

ही , दाङको लमहीमा स्कूल बसको ठक्करबाट एक शिशुको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब पौने ४ बजेतिर रा १ ख १०२८ नम्बरको स्कुल बसको ठक्करबाट लमही नगरपालिका ६ देउपुरका छोटु मुसलमानकी १८ महिनाकी छोरी सफिना खातुनको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियाले बताउनुभयो ।ठक्कर दिने बस लमहीस्थित गोरखा मोडल सेकेण्डरी स्कुलको रहेको थपलियाले बताउनुभयो । विद्यार्थी छोड्न आएको उक्त स्कुल बसले खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको आफन्तले बताएका छन् । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार