दाङमा हात्तिपाईले रोगको १० औं चरणमा औषधी खुवाईदै

Author Logo..
२०७६ माघ १७ गते शुक्रवार

                                                          दाङमा २ हजार ५६ जनामा हात्तिपाईले संक्रमणका विरामी 
घोराही, दाङमा लक्ष्य अनुरुप सबैले औषधी सेवन नगर्दा हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियान फेरी सुरु गरिने भएको छ ।
औषधी सेवन सुरु गरेको ६ बर्षमा हात्तीपाईले रोग बिरुद्धको औषधी सेवनले यसको संक्रमणको जोखिम हट्ने भए पनि सबैले औषधी नखाई दिदा निध्रारित समय भन्दा ५ बर्षपछि धकेलिएको छ ।  सरकारले दाङमा यसबर्ष पनि १० औँ चरणको औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यस बर्ष खुवाए सँगै अर्को बर्षमा पनि औषधी खुवाउनु पर्ने अबस्था रहेको छ ।

स्वास्थ्य तथा जनसंङख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रवार घोराहिमा सञ्चारकर्मीसंग गरेको हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले यस बर्ष ९ औँ चरणमा पनि औषधी खुवाउनु परेको बताईन् ।
उनले भनिन्,‘ सबै नागरिकहरुलाई औषधी खुवाएर ४ बर्ष अघि नै हात्तिपाईले रोगको संक्रमण शून्यतामा झार्ने अभियान औषधी नखाई दिदां प्रभावित भयो । जसका कारण फेरी खुवाउनु पर्ने भयो ।’
गएको बर्ष दाङमा ५८ प्रतिशत मानिसले मात्रै औषधी सेवन गरेपछि अभियानलाई लम्व्याउनु परेका उनले बताईन् । शिक्षित भनिएका व्यक्तिहरुले नै औषधी नखाई दिदां समस्या आएको उनको भनाई छ । औषधीको समान्य असरको ठूलो हल्ला चल्दा पनि औषधी खानेहरु कम भएको उनले बताईन् । कुनै व्यक्तिलाई सामान्य समस्या देखिए पछि अन्य कसैले पनि औषधी खान नमानेको उनले बताईन् । उनले भनिन् ,‘यो औषधि सामान्य जुकाको औषधि जस्तै भएका कारण ढुक्क भएर खाना खाएपछि यो औषधि खानु पर्छ ।’

यो औषधी २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनको सुत्केरी महिला, सिकिस्त विरामी तथा दिर्घरोगीहरु बाहेक सबैले खान अवश्यक छ, होईने भने पछि समस्या हुने उनले बताईन् । दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्नीएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्नीएका १६ गरि २ हजार ५६ जनामा हात्तिपाईलेको संक्रमण रहेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

ती मध्ये १६ सय जनाको निःशुल्क सर्जरी गर्ने कार्यक्रम रहेकोले त्यसका लागी तुलसिपुरको प्लोरेन्स अस्पताल र घोराहिको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । दाङमा यही माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए ।

२५ गते केन्द्रमा, २६ देखी फागुन १ गते घरदैलोमा र फागुन २ गते देखी १४ गते सम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने भएको छ । लामखुट्टेको टोकाईबाट हात्तिपाईले लाग्ने रोग हो । दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार