• २०७७ कार्तिक १३ गते बिहिवार

घोराहीबाट ५ जना जुवाडे पक्राउ

Author Logo..
२०७६ माघ १६ गते बिहिवार

घोराही , दाङको घोराहीबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका १८ नवलपुर स्थित मिनराज घर्तीको घरमा जुवा खेलिरहेको अबस्थामा बिहीबार अप्राहन्न ४ बजेतिर ३७ हजार ५सय ४० रुपैँया सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका ५ का ३४ बर्षीय तिकल पुन, घोराही उपमहानगरपालिका १८ का ३१ बर्षीय दानबहादुर बुढा, सोही ठाउँका ४० बर्षीय अजय विक, ४४ बर्षीय पहल राई, घोराही १२ का २४ बर्षीय देवबहादुर पुन मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता, प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनीहरुको साथबाट तीन गड्डी ताससमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार