• २०७७ कार्तिक ६ गते बिहिवार

बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु

Author Logo..
२०७६ माघ १६ गते बिहिवार

बुटवल १६ माघ । रुपन्देहीमा बोराले च्यापेर एकैपरिवारका चार जनाको ज्यान गएको छ । बोराको थुप्रोले च्याप्दा भारत बिहारका ३० बर्षिय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको हो  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अबस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो । घरको सटर भित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार