• २०७७ मङ्सिर ९ गते मङ्गलवार

कारागारभित्र पढ्न पाउँदा कैदिबन्दीहरु खुशी

Author Logo..
२०७६ माघ १६ गते बिहिवार

विकास डाँगी, तुलसीपुर ।  कारागार शाखा घोराहीलाई ज्ञानज्योति बिद्यालय नामाकरण गरी कैदीलाई पढाउन शुरु गरिएको छ । ३० जना कैदीबन्दीले बिद्यार्थीको रुपमा नियमित अध्ययन गरीरहेको कारागार शाखाले जनाएको छ । कैदी बन्दीहरुलाई शिक्षादिने उदेश्यले कारागारमा बिद्यालय स्थापना गरीएको हो । कारागार शाखा घोराहीमा क्षमता ७० जनाको भएपनि क्षमता भन्दा धेरै ३०६ जना कैदीबन्दी छन ।

अंग्रेजी र नेपाली भाषाको कक्षा कारगारमा स्थापना गरीएको उक्त बिद्यालयमा पढाईन्छ । पढ्न आउने मध्ये लामो कैद सजाय र जरिमाना र तोकिएका र केही भर्खरै सजाय र जरिमाना तोकिएका कैदी छन् । कारणबस विभिन्न घटनामा संलग्न भई कैद भुक्तानी गर्दा पढ्न नपाएकाहरुका लागि कारागार भित्र सञ्चालन गरीएको ज्ञानज्योति बिद्यालय बरदान साबित भएको नेपाली बिषय अध्ययन गरीरहेका कैदी रेशम बहादुर बुढाथोकीले बताए ।

म कारागार बस्न लागेको करिब १ बर्ष हुन लाग्यो, उनले भने,‘ सानोमा राम्रोसंग पढ्न नपाएको भएता पनि यहाँ आएर पढ्न पाउँदा धेरै खुशी लागेको छ । ’ अहिले यहाँ पढ्न पाउँदा धेरै कुरा पनि सिक्न पाएको छौँ, र खाली समयको पनि सदुपयोग भएको उनदे बताए । बिगत १२ बर्षदेखि कैदीको जीवन काटिरहेका अग्रेजी बिषयमा अध्ययनरत कैदी प्रेम चौधरी पनि कारागारमा पढ्न पाउने अवसर प्राप्त भएकाले खुसी बताए । कारागारमा पाएको निशुल्क शिक्षा सेवालाई आफ्नो जिवनमा जिवन उपोगी शिक्षाको रुपमा लिएर पढ्दै आएको उनले बताए ।

कारागार भित्र युवा मात्र नभई जेष्ठ नागरिकहरुले पनि पढ्दै आएका छन् । सानामा बुवा आमाको मृत्यु भएपछि पढ्न नपाएका ६५ बर्षिय अम्मरबहादुर यादवले अहिले पढ्न पाउँदा खुशी लागेको बताए । उनले भने,‘ नपढ्दाँ कागजपत्रमा ल्याप्चे लगाउने बाध्यता थियो । तर कारगार भित्र पढ्न शुरु गरेपछि हस्ताक्षर गर्न सक्ने र हिसाव किताव गर्न भएको छु ।

’ त्यसैगरी २ बर्षदेखी कैदी जिवन काटिरहेका जितबहादुर महराले पनि बिगतमा गरेको गल्तीलाई अब पढाई गरेर नैतिकबान बन्ने चाहना रहेको बताए । बाहिर हुदाँ पढ्न नपाएको बताउँदै उनले यहाँ पढ्न पाउँदा धेरै कुरा सिक्न पाएको उनले बताए ।

कैदीबन्दीहरुलाई अनौपचारीक शिक्षा दिनका लागि कारागार भित्र बिद्यालय स्थापना गरीएको कारागार शाखा घोराहीका प्रमुख९जेलर० बिष्णुप्रसाद पाण्डेले बताए । कारागार ऐनमा शिक्षक नियुक्त गरी कैदिबन्दीहरुलाई सात्क्षारता बनाउने सकिने ब्यबस्था भएकाले आफुहरुले अहिले केही नभएको नयाँ अभ्यासको रुपमा काम गरेको बताए ।

त्यसैगरी शिक्षक पनि कम्तीमा प्रबिणता प्रमाण पत्र तह सम्म पढेका कैदी मध्येबाट शिक्षकको जिम्मेवारी दिएको प्रमुख९जेलर० पाण्डेले बताए । त्यसैगरी अहिले करिब ३० जनाले पढ्दै आएको र पढाउने शिक्षकलाई कुनै सेवा सुविधा नदिई बार्षिक ६० दिन कैद मिनाहा गरी दिने ब्यबस्था मिलाइएको कारागार उनले बताए । कारागारमा एक जना शिक्षकको ब्यवस्था गरिएको भएता पनि त्यहाँ अध्ययन गर्ने कैदि बन्दीहरुले नै आफै खर्चमा करिब २ महिना देखी अग्रेजी शिक्षक नियुक्त पढ्दै आएको उनले बताए ।

यस आर्थिक बर्षको साउन महिनादेखी कारागारमा पढाई शुरु भएको हो, उने भने,‘ तर अहिले कैदिबन्दीहरुले धेरै कुरा सिकेका छन ।’ त्यसैगरी शिक्षकको जिम्मेवारी पाएका कैदी प्रकाश परियारले गरेको गल्तिको सजाय भोग्न कारागारमा बन्दी जिवन बिताई रहदा आफुले पाएको अवसरलाई खुशी लागेको बताए । उनले भने,‘ अहिले सामान्य पौढ कक्षा संचालन भएको छ, यसबाट शिक्षा सिकेकालाई प्रमाणपत्र दिन सक्ने ब्यवस्था भए, उनीहरुलाई भोली गएर समाजमा काग गर्न सजिलो हुन सक्छ । ’ त्यसैगरी अहिले कैदिबन्दीहरुले लगनशिलका साथ पढ्दै आएको उनले बताए ।

त्यसैगरी अंग्रेजी भाषाको शिक्षाको जिम्मेवारी पाएका मान बहादुर नेपालीले पनि आफु सँग भएको सीपलाई सदुपयोग गर्ने मौका मिलेको बताए । हामीसंग भएको खाली समयको सदुपयोग गर्न लागेको उनले बताए । त्यसैगरी करिब २ महिनादेखी अग्रेजी सिकाउंदै आएको बताउदै उनले यहाँ पढेको कुरा कारागार बाहिर गए पनि कैदीबन्दीहरुलाई काम गर्न सहज हुने छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार