• २०७७ फाल्गुन २२ गते शनिवार

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाईदै

Author Logo..
२०७६ माघ १६ गते बिहिवार

दाङ, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पनि आज बिहिबार परेको छ । आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने र बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार