• २०७७ मङ्सिर ११ गते बिहिवार

अमुवा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, डेढ सय बढिले सेवा लिए

Author Logo..
२०७६ माघ १५ गते बुधवार

शान्तिनगर, पश्चिम दाङको शान्तिनगर २ अमुवा बुधवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिका २ को मुस्लिम समाजको आयोजना तथा , हेरा शैक्षिक तथा मानविय सेवा समाज र पाल्पाली पोलिक्लिनिक प्रा.ली तुलसीपुरको सहयोगमा निशुल्क सुगर तथा मृगौलाको चेक जाचँको स्वास्थ्य सिविर सञ्चालन भएको हो ।

आधारभुत विद्यालय मदरसा ज्याउल उलमको प्रांगनमा भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा १५० भन्दा बढिले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ । मदरसाका अध्यक्ष अव्दुल मस्जिदको अध्यक्षता एंव शान्तिनगर गाउँपालिका वडा न २ का वडा अध्यक्ष फर्साराम डाँगीको प्रमुख आथित्यता, पाल्पालीपोलि क्लिनिक प्रा.लीका सञ्चालक सुरज ज्ञवालीको बिशिष्ठ आथित्यतामा शिविर भएको थियो ।

त्यसैगरी स्वाथ्य शिविरसंग मदरसा विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सम्वन्धिको बौद्धिक स्थर बृद्धि गर्नका निमित हाजिर जवाफ प्रतियोगिता समेत गरिको थियो । मुस्लिम धर्मका धर्म गुरू महमद अजिदको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण हिमाल विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार