• २०७७ मङ्सिर ११ गते बिहिवार

तुलसीपुर महोत्सवमा दर्शकको ओईरो, विहिबार सवैभन्दा धेरै कलाकार आउदै

Author Logo..
२०७६ माघ १५ गते बुधवार


शरद रेग्मी, तुलसीपुर, १५ माघ । दाङको तुलसीपुरमा जारी महोत्सवको छैठौ दिन वुधबार पनी उस्तै भिडभाड रहेको छ । दैनिक उत्साहजनक उपस्थीति रहेको महोत्सवमा आज पनी अघिल्ला दिन जस्तै भिडभाड रहेको हो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । निमार्णाधिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ ।

दैनिकजसो हुने दर्शकहरुको भिडभाडले आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारि एवम सदस्यहरुलाई भने जिम्मेवारि थप गरिदिएको छ । संघका पदाधिकारि एवम सदस्यहरु , सुरक्षाकर्मी , स्वयम सेवकहरु सवै भिडभाडलाई व्यवस्थापन गर्न मै व्यस्त रहेका छन । महोत्सवमा आउने हजारौ दर्शकहरुका कारण महोत्समा रहेका स्टलहरु समेत भरि भराउ भएका छन । स्टलहरुमा समेत राम्रो कारोबार भएको व्लाङकेटको स्टल राखेका व्यवसायीले वताए । अन्य महोत्सवको तुलनामा तुलसीपुर महोत्सवमा दर्शकको उपस्थीति र व्यवसाय समेत राम्रो भएको उनले वताए । त्यस्तै गरि अन्य स्टलहरुमा समेत राम्रो व्यापार भएको व्यवसायिहरुले वताएका छन । महोत्सवलाई व्यवस्थीत एव सभ्य तरिकाले सम्पन्न गर्ने हाम्रो दायित्व हो त्यसैले हामि सवै यसलाई सफल पार्न लागि परेका छौ बाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले बताए ।

बुधवार महोत्सवमा टिका पुनले दर्शकहरुलाई झुमाएकी थिईन । उनले गाएर्को दिनदिनै तुलसीपुर आउदिन दुई दिनलाई भो माया लाउदिन ,सुर्खेत वुलवुले जाउला लगाएतका गित गाउदा आयोजक लगाएत अतिथिहरु नाचेका थिए । स्टेजमा रहेका नेकपा दाङका अध्यक्ष टिकाराम खडका , नेपाली काग्रेसका क्षेत्रिय सभापती जगत खडका सहित आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष लगाएतका पदाधिकारी स्टेजमै नाचेका थिए । वुधबार अन्य कलाकारहरु चक्र वम , राजु ढकाल , लेखान्त भुषाल , दिवाकर भण्डारी ,रेश्मा केसी , रञ्जिता पाण्डे लगाएतको प्रस्तुति रहेको थियो ।

त्यसैगरी महोत्सवमा बिहिबार सवै भन्दा धेरै कलाकारहरु आउने आयोजकले वताएका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ । वालबालिकाहरुमा चर्चित भएका बाल कलाकार अशोक दर्जी , टंक वुढाथोकी , एआर वुढाथोकी , दिपाशा विसि, प्रकाश कडेल (गुलेलि कान्छा), विक्रम राना , जानकी तारमी मगर लगाएतका कलाकारहरु आउने आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शर रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार