• २०७७ कार्तिक ६ गते बिहिवार

दुबईमा निधन भएका वलीको परिवारलाई युवाहरुले गरे आर्थिक सहयोग

Author Logo..
२०७६ माघ १५ गते बुधवार


प्रेम केसी , दाङ, माघ १५ । बबई गाउँपालिका बबरपुर निबासी ३५ बर्षीय सोमराज वलीको यहि माघ १२ गते बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा निधन भएपछि वलीको परिवारलाई विभिन्न ब्यक्तीहरुले आर्थिक सहयोग गरेका छन् । करिब १३ महिना पहिले रुखमा घास काट्ने क्रममा लडेर वलीकी श्रीमती खिमा वली पनि अंपाग भएकि छन् ।

उनको ढाडदेखी तलतिरको भाग चल्दैन् । सोमराजको भर्खरै मृत्यु भएको र घरमा उनको श्रीमती खिमाको पनि त्यस्तो अवस्था हुदाँ घरको अवस्था दयनिय भएकाले आफुहरुले आर्थिक सहयोग गरेको स्थानिय प्रेम केसीले बताए । सोमराजले बिदेशबाट कमाएर आफ्नो श्रीमतीको औषधी गर्दै आएका थिए,उनले भने,‘अब कमाउने मान्छे नै गुमेपछि कसरी, औषधी गर्ने, कसरी काजक्रिया गर्ने निकै पिडामा छन्, उनीहरु अहिले ।’

त्यसैले केही राहत पुगोस् भने हामीले आर्थिक सहयोग गरेका हौँ, उनले भने । सहयोग गर्नेहरुमा बबई ३ निबासी प्रशान्त बस्नेतले ३ हजार ५ सय, बबई ३ का नेब बहादुर खड्काले २ हजार ,बबई २ का प्रेम केसीले २ हजार र बबई २ का एकलाल केसीले १ हजार ५० आर्थिक सहयोग गरेको हुन । २ बर्ष पहिले दुबई गएका वली काम गर्ने क्रममा भवनबाट लडेर गम्भिर घाईते भएका र उनको उचारको क्रममा निधन भएको हो । वलीका १ छोरी र १ छोरा छन् । साथै नेपाल बंगलादेश बैंक हापुरे शाखामा रहेको वलीको श्रीमती खिमा र बहिनी गोमाको खाता नम्बर ०६४००३७११ S  गर्न सक्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार