सामुदायिक विद्यालयमा कक्षा ८ सम्म निःशुल्क शिक्षा : मेयर पाण्डे

Author Logo..
२०७६ माघ १५ गते बुधवार

                                                                    माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ४९ औं बार्षिकोत्सव
प्रेम तिवारी ,तुलसीपुर, तुलसीपुरलाई नेपालको उत्कृष्ट प्राविधिक शिक्षा तथा व्यवसायी शिक्षा हुने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्यम पाण्डेले बताए । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको मंगलबार ४९ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गदै मेयर पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट शिक्षा नितिसगै तुलसीपुरलाई प्राविधिक तथा रोजगारमुखी शिक्षा बनाउने बताए ।

तुलसीपुर उपमहानगरपालिकले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्म कुनै शुल्क नलिने र कोही कसैले लिएको पाईएमा तत्काले खवर गर्न पनी अनुरोध गरे । कक्षा ९ देखि प्राविधिक र व्यवसायिक शिक्षा हुने भएकोले तुलसीपुर अव प्राविधिकको हब हुने बताए । समुदायिक विद्यालयहरुको जग्गा अतिक्रम तथा हस्तक्षपहुने भएकोले स्थानीय सरकारले यसको संरक्षण गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयको शौक्षिक मुल्याङ्गन भए तुलसीपुर नेपलकै पहिलो हुने मेयर पाण्डेले दावि गरे । टिचफर नेपाल र तुलसीपुर उमपहानगरपालिकाको सहकार्यले गर्दा समुदायिक विद्यालयहरु सुध्र्रीसकेको मेयर पाण्डेले बताए ।
माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराज पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा एवं तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य तथा शिक्षा शाखा समिति संयोजक देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछाने, मानवअधिकार तथा शान्ति समाज केन्द्रीय महासचिव सुसिल बस्नेतको विशिष्ठ आतिथ्यतामा सम्पन कार्यक्रममा विद्यालयले ४९ औं बसन्त पार गरेको मा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक,विद्यार्थिहरुले नृत्य, इलेक्ट्रोनिक, विज्ञान प्रर्दशनी प्रस्तुत गरेका थिए ।

बार्षिकोउत्सव कार्यक्रममा प्रधानाध्यपक भागबत पौडले आगामि बर्षको कार्ययोजना र ३करोड ५लाख ३१ हजार ७ सय २८ रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक पौडेलले आगामि वर्ष देखि २ घण्टा संगित र कानुन विषयको कक्षा संचालन गर्ने र अभिभाबकको मागलाई मध्यनजर गरी अगं्रेजी माध्यमबाट पढाई सुरु गर्ने स्मार्ट कक्षा संचालन गर्ने कार्ययोजना प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार