• २०७७ मङ्सिर ११ गते बिहिवार

हापुरेमा माघ २८ गतेदेखी फागुन १० गते सम्म महोत्सव लाग्दै

Author Logo..
२०७६ माघ १५ गते बुधवार


दाङ, “कला र सस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौ” घुम्न जाऔं हापुरे भन्ने मुल नाराका साथ पश्चिम दाङको बबई गाउँपालिका हापुरेमा महोत्सव लाग्ने भएको छ । यहि माघ २८  गतेदेखी फागुन १० गते सम्म बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा व्यापारीक तथा पर्यटन महोत्सव संचालन हुन लागेको हो ।

पश्चिम दाङका रहेका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलको प्रचार–प्रसार गर्ने मुख्य उद्धेश्य महोत्सव सञ्चालन हुन लागेको मुल आयोजकले बताएको छ । महोत्सवमा विभिन्न व्यापारीक स्टल, राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार