• २०७७ फाल्गुन २१ गते शुक्रवार

राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिग्रिएको अण्डकोषको सफल अप्रेसन

Author Logo..
२०७६ माघ १४ गते मङ्गलवार

घोराही,  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अण्डकोष बिग्रिएर कालो भएको अन्तिम अबस्थामा प्रतिष्ठानका सर्जन डा. इश्वरि भुसाल, एमजिडिपि डा. अमित लाम्गाडे, एनेस्थेसिया डा. राजन शाक्यको नेतृत्वको चिकित्सकको टोलिले सफल शल्यकृया गरेको छ । अण्डकोष वटारियर रक्त सन्चार रोकिएपछि अण्डकोष कालो भइ बिग्रिएको अबस्थामा प्रतिष्ठानको चिकित्सकको टोलिले तुलसीपुरका २८ बर्षिय एक युबकको सफल अप्रेसन गरेको हो ।

प्रतिष्ठानले राप्तीमै पहिलो यस्तो खालको बिरामीको सफल अप्रेसन गर्न सफल भएको जनाएको छ । समयमै बिरामी अस्पताल आइ उपचार नगरेको भए ज्यानै जोखिममा पर्न सक्ने अबस्था भएपनि सफल अप्रेसनले बिरामीलाई बचाउन पाउदा खुसि भएको चिकित्सकहरुले बताएका छन । प्रतिष्ठानका चिकित्सकका अनुसार पछिल्लो पटक प्रतिष्ठानमा थुप्रै जटिल प्रकृतिका अप्रेसन सफल भइसकेको र अस्पतालमा आइसियुको प्रबन्ध र थप जनशक्ति ब्यबस्थापन प्रतिष्ठानमा हुन सकेमा यस्ता अप्रेसन अझै दाङमै गर्न सकिने बताएका छन ।

अप्रेसन भएका बिरामीको अबस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुभबि चिकित्सकको टोलिले सर्जरि, हाडजोर्नि, मानसिक बिशेषज्ञ, बालरोगको लगाएतका थुप्रै सेवा दिएका छन । प्याथोलोजि सेवा पनि अहिले सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार