• २०७७ फाल्गुन २४ गते सोमवार

गायिका राउत धरौटीमा रिहा

Author Logo..
२०७६ माघ १४ गते मङ्गलवार

काठमाडौं, १४ माघ । गायिका आस्था राउत धरौटीमा रिहा भएकि छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ हजार रुपैयाँ धराटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले ४ हजार रुपैयाँ धरौटी बुझाईन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत प्रशासन समक्ष म्याद थपका लागि अनुरोध गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकबाट प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्रहरीले आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी जवानसँग माघ १ गते राउतको विवाद भएपछि उनले फेसबुक मार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो । राउतसँग विवाद भएपछि प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिईन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार