• २०७७ कार्तिक ६ गते बिहिवार

कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त २५ वर्ष पछि पक्राउ

Author Logo..
२०७६ माघ १४ गते मङ्गलवार


तुलसीपुर, कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त २५बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षिय निम बहादुर पाण्डे रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा ५ वर्ष कैद फैसला गरेको थियो ।

अदालतले दोषी ठहर गदै कैद सजाय फैसला गरे देखी उनी फरार रहदै आएका थिए । लुकीछिपी बसेको अवस्थामा मंगलवार विहान तुलसीपुर बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कैद भुक्तानका लागी उनलाई अदालत उपस्थित गराईने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार